कोरोनाको संक्रमण फैलन नदिन सर्लाही रानीगंजको १०० घर सील

लालबन्दी– फ्रान्स हुँदै कतारबाट कतार एयरवेजको विमानबाट नेपाल आएकी एक जना युवतीमा कोरोनाको भाईरसको संक्रमण भएको पाईएपछि ती नेपाली युवतीसँगै कतार एअरवेजको विमानबाट नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको पहिचान भएको छ ।

कतारबाट छोरालाई भेटेर आएका उनीहरुले गाँउघरमा चक्लेट बाँढेपछि वरिपरीका करिव १ सय घर सिल गरिएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए।

कतारमा रहेका छोरालाई भेट्न एक महिना अघि सर्लाहीबाट बाबुआमा, बुहारी र छोरा गएका थिए । नेपाल आएसँगै उनीहरुले गाउँलेलाई चकलेट बाँडेका थिए ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा सोमबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई ‘क्वारेन्टाइन’ राखिएको छ ।

उनीहरु त्यही विमानबाट काठमाडौं हुँदै ७ दिन अघि सर्लाही आइपुगेका थिए । उनीहरुसँगै आएकी यूवतीलाई कोरोना संक्रमण देखिएपनि हालसम्म ४ जनाकै स्वास्थ्य परिक्षण गर्दा सामान्य देखिएको छ ।

विमानमा आएकाहरुको पहिचानगरी चारै जनालाई घरकै ‘क्वारेन्टाइन’मा राखिएको र गाउँ नै सिल गर्नुपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।