नयाँ वर्षको शुरु राष्ट्रिय गानबाट

काठमाडौँ । आज वैशाख १ गते, विक्रम संवत् अनुसार नयाँ वर्ष । सधैँ हर्षोल्लासका साथ मनाइने नयाँ वर्ष यसपटक भने कोरोनाभाइरस महामारीको कारण खल्लो रह्यो । देश नै लकडाउनको अवस्थामा रहेको बेला नयाँ वर्षको उमंग सबैको घरभित्र सिमित बनेको छ ।

आमजनता घरभित्र सुरक्षित बनिरहेको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीहरु भने अग्रपंक्तिमा बसेर कोरोनाभाइरसबिरुद्धको ‘युद्ध’ मा खटिएका छन् । त्यही भएर युनाइटेड नेसन्स ग्लोबल कम्प्याट नेटवर्क नेपाल नामक समूहले नयाँ वर्षमा यसरी फ्रन्टलाइनमा खटिनेहरुको सम्मानका लागि सोमबार बिहान ८ बगे राष्ट्रगान गाउन आह्वान गरेको थियो ।

 

यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका थिए । त्यही आह्वानअनुसार आज बिहान ८ बजे विभिन्न स्थानमा राष्ट्रियगान बजाएर नयाँ वर्षलाई स्वागत गरिएको छ ।