कोरोनाबाट मृत्यु भएकाको शवलाई के गरिन्छ ? हेर्नुहोस् कार्यविधि

काठमाडौं– कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको परिवारले शव छुन नपाउने भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो ।

हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नरहे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्यविधिमा भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि उल्लेख गरिएको छ ।

यही कार्यविधिअनुसार नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको शनिबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ ।

कार्यविधिले मृतकको जथाभावी सतगदलाई पनि निषेध गरेको छ । शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सतगद गर्ने व्यक्तिहरू र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सतगद गर्नुपूर्व आफ्नो कुलरपरम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एकरएक जनालाई पालैपालो गरी हेर्न दिन सकिने बताइएको छ ।

कोभिड-१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरूमा जीवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

हेर्नुहोस् कार्यविधि