चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त

काठमाडौं । दक्षिणी चीनमा १३३ यात्रु बोकेर उडेको एउटा विमान दुर्घटना भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार चाइना इस्टर्न एयरलाइन्सको विमान घरेलु उडानका क्रममा दुर्घटना भएको हो ।

बोइङ ७३७ विमान पहाडी क्षेत्रमा दुर्घटनामा परेको बताइएको छ । जसकारण जङ्गलको बीच आगलागी भइ धुँवा देखा परिरहेको चीनको राष्ट्रिय संचारले जनाएको छ । उक्त विमान कुमिङबाट स्थानीय समय अनुसार दिउँसोको १ ः१५ बजे ग्वाङजाउका लागि उडेको थियो ।
फ्लाइट ट्रयाकिङ साइटले सो विमान उडेको एक घण्टामा दुर्घटनामा परेको रिपोर्ट गरेको छ । उद्धारकर्मीहरु त्यस क्षेत्रतर्फ गइसकेको पनि खबर गरिएको छ ।

ग्वान्झोउको कुन्मिङबाट उडेको विमान गुआङसी प्रान्तको पहाडमा खसेको सञ्चारमाध्यमले जनाएका छन् । उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १ः१५ मा र ग्वाङ्झाउमा ३ः०७ मा अवतरण हुने तालिका थियो ।

अहिले दुर्घटनास्थलमा उद्दार टोली खटिएको छ । पहाडमा बिमान खसेपछि आगो लागेका तस्वीरहरु चिनीयाँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । हताहतिको विवरण आइसकेको छैन ।