तुलसा क्षेत्रीको ‘बाला जोवन’ बजारमा

काठमाडौं । कोरोना महामारीका कारण विश्वभर लकडाउन भयो । नेपालमा पनि यसको क्षेती निकै रहयो । कोरोना महामारी बढ्दै छ । तर केही हदमा लकडाउन भने खोलिएको जस्तै भएको छ ।

यता नेपालीलाई भने तीज पर्वले झपक्क छेप्न आँटिसकेको छ । त्यसै अवसरमा केही कलाकारहरुले तीज गीत सार्वजनिक गरिसकेका छन् भने केहीले सार्वजनिक गर्ने क्रम जारी नै छ ।

त्यस्तै, तुलसी क्षेत्रीले पनि आफ्नो तीज भाका बजारमा ल्याएकी छन् । उनको ‘बाला जोवन’ बोलको तीज गीत सार्वजनिक भएको छ ।

हालै जिसी इन्टरटेन्मेण्ट नेपालको युट्युब च्यानलबाट तुलसी क्षेत्रीको ‘बाला जोवन’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतको शब्द र लय भने शिव हमालको रहेको छ । जसमा तुलसी क्षेत्रीको नै आवाजमा रहेको छ ।

गीतमा तारानाथ आचार्यले संगीत संयोजन गरेका छन् । यस तीज गीतमा तुलसी क्षेत्री र एशिका क्षेत्रीले अभिनय तथा नृत्य गरेका छन् ।