पूँजी बजार प्रति लगानी कर्ताको आकर्षण बढदै

काठमाडौं। अर्थतन्त्रको व्यारोमिटर मानिने पूँजी बजार प्रति लगानी कर्ताको आकर्षण बढ्दै गएको छ ।

पछिल्लो समय नेपाली पूँजी बजारमा करिब १७ लाखको हाराहारीमा लगानीकर्ता रहेको सरकारी अनुमान छ ।

पछिल्लो समय कोभिड—१९का कारण अनलाइन कारोवार बढेसंगै पूँजी बजारमा थप आकर्षण बढेको विश्लेशकहरु बताउँछन् ।

यसले पुजी बजार भविश्यमा लगानीको राम्रो क्षेत्र हुन सक्ने आकलन गरिएको छ ।

विगत लामो समय देखि दोधारको अवस्थामा रहेका लगानीकर्तालाई २०७७/७८ को मौद्रिक नीतिले राहत प्रदान गरेको लगानीकर्ता बताउँछन् ।

उसो त मानिसको लगानीका अन्य बाटाहरु कोभिडका कारण संकुचित भएका कारण पनि यो अवस्था आएको आकलन पनि गरिएको छ ।

बैंकमा तरलता बृद्धि भएको र शेयर धितो कर्जामा गरिएको पछिल्लो व्यवस्थाले बजार सुधार तर्फ उन्मुख भएको लगानीकर्ताको विश्वास छ ।

पुजी बजारमा हुने उतार चढावलाई नै बजारको सुन्दरता भन्ने गरिए पनि नेपालको शेयर बजारमा सिमित व्यक्तिको हालिमुहालीका कारण अस्वभाविक उतार चढाव हुने गरेको आरोप लाग्ने गरेको छ ।

तर नेपालको पुजी बजारको आकार बृद्धि हुँदै गएसंगै सिमित व्यक्तिले नियन्त्रणमा लिन संंभव नभएको बताउनुहुन्छ नेपाल इनभेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल ।

नियामक निकाय धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को नीती तथा कार्यक्रममा साना तथा मझोैला कम्पनीका लागि छुट्टै कारोवार हुने गरि एस एम इ प्लेटफर्म र अन्य कम्पनीको कारोवारका लागि मेन बोर्डको व्यवस्था गर्न नेप्सेलाई सहजीकरण गर्ने लगायत उल्लेख छ ।

अनलाइन प्रयोगका लागि पहुँच विस्तार, एनआर एन ए लगायत वैदेशिक लगानीका लागि सहज वातावरण निर्माण आदीमा जोड दिन सके बजारको विकासमा थप मद्धत पुग्ने लगानीकर्ताहरुको विश्वास छ ।