ब्राजिलमा एकै दिन थपिए २३ हजार संक्रमित

काठमाडौं – साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २३ हजार संक्रमित थपिएका छन् । मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २३ हजार ३८ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित संख्या ३३ लाख ६३ हजार २३५ पुगेको छ ।

यस्तै एकै दिन ७७५ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ६५४ पुगेको छ ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ७८ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ७६ हजार ८७ जनाको उपचार भइरहेको छ ।