टिप्परको ठक्करबाट मृत्यु

दाङ । दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका – १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले अपराह्न २ः३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।