काठमाडौंमा १ सहित ३ जना मृत फेला

काठमाडौं । काठमाडौं, पर्सा र बर्दियामा गरी तीन मृत अवस्थामा फेला परेका छन् ।  प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ८ पशुपति वृद्धाश्रम नजिक पेटीमा ४५ समिर मण्डल भन्ने पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल एकिन नाम, थर, वतन खुल्न सकेको छैन ।

यसैगरी पर्साको बीरगन्ज महानगरपालिका(२५ खल्वाटोलस्थित पोखरीमा सोही स्थान बस्ने १७ वर्षीय अमित कुमार साह मंगलबार मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका ५ धोङरहवा स्थित बबई सिँचाई नहरको कुलोमा मंगलबार नवजात शिशु बालक मृत अवस्थामा फेला परेको छ । माछा मार्न प्रयोग गरिने ढडिया भित्र ती शिशुको शव फेला परेको हो ।