स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन सभामुखको अनुरोध

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन दिदीबहिनीलगायत सबैमा अनुरोध गरेका छन ।

हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उहाँले नोभल कोरोना भाइरसको महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था नरहेको बताए ।

कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको उल्लेख गर्दै उहाँले उच्च सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गरेका छन । हरितालिका तीज पर्वको माध्यमबाट सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले तीज पर्व सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर पनि बनोस् भनी कामना गरेका छन ।