अमेरिकामा कोरोनाले मर्नेको संख्या १ लाख ८० हजार नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले मर्नेको सख्या १ लाख ८० हजार नाघेको छ ।

अमेरिकामा एकैदिन मात्र दिन कोरोना भाइरसको संक्रमणको कारण ९६८ जनाको मृत्यु भएको छ । योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार १६८ पुगेको छ ।

यस्तै एकैदिन थप ४३ हजार ६१२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५८ लाख ४० हजार ८६९ पुगेको छ।संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४८ हजार ८० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख १२ हजार ९६३ जनामध्ये १६ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।