भन्सार छली ल्याइएका सामानसहित एक पक्राउ

कैलाली । धनगढीबाट भन्सार छली ल्याइएका करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका(१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आलमको सोही ठाउँस्थित मोबाइल ग्यालरीमा अवैध रुपमा भारतबाट भन्सार चोरी पैठारी गरी ल्याएका उक्त ब्याट्रीहरु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ