काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो ।  ८८५ जना संक्रमित मध्य काठमाडौं पत्यकामा मात्र ३०१ संक्रमित भेटिएका छन । जसमध्य काठमाडौं जिल्लामा २३० ,ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।