एकै दिन कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । आज २ जना महिला र ९ पुरुषसहित ११ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ जना पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।