भारतमा कोभिड–१९ खोपको मानव परीक्षणको दोस्रो चरण सुरु

एजेन्सी । भारतको कोभिड–१९ भ्याक्सिन ‘कोभ्याक्सिन’को मानव परीक्षणको दोस्रो चरण सुरू भएको छ ।

न्युज एजेन्सी पीटीआईका अनुसार इन्स्टिट्युट अफ मेडिकल साइन्सेज (आईएमएस) र एसयूएम हस्पिटलमा ट्रायलको प्रिन्सिपल इनभेस्टिगेटर डा.ई वेंकट रावले यसका बारेमा जानकारी दिएका छन् । 

डा.रावले भने, “ट्रायलको पहिलो चरण अहिले पनि जारी छ । हामी चाँडै दोस्रो चरण सुरू गर्ने योजना बनाइरहेका छौं ।” उनले भ्याक्सिन लिने भोलेन्टियर्स (स्वयमुसेवी) को रगतको नमुना संकलन गरिसकिएको र तयसबाट एन्टिबडीका सन्दर्भमा भ्याक्सिन कति प्रभावकारी छ भन्ने पत्ता लगाइने जानकारी दिए । 

डा.रावले ट्रायलको पहिलो चरणमा भ्याक्सिनको कुनै दुष्प्रभाव (साइड इफेक्ट) नदेखिएको पनि दाबी गरे । आईएमएस र एसयूएम हस्पिटल भ्याक्सिनको ह्यूमन ट्रायलका लागि भारतमा चुनिएका १२ मेडिकल सेन्टरमा पर्दछन् । यो भ्याक्सिन हैदराबादको कम्पनी भारत बायोटेकले तयार गरेको हो