भारतमा कोरोनाबाट १ लाख ९ हजारको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८५६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७०६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७५ हजार ८८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ३४२ संक्रमित फेला परेका छन् ।

यो अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो २४ घण्टामा ६६ हजार ७३२ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छन् ।