तालिवानी विद्रोहीको आक्रमणबाट १७ अफगान सैनिकको मृत्यु

एजेन्सी । अफगानिस्तानका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आक्रमणहरूमा १७ सैनिकको मृत्यु भएको छ ।

मारिने सैनिकमध्ये सबैभन्दा बढी दक्षिणी हेल्मन्ड प्रान्तमा रहेका छन् । आइतबार राति भएको आक्रमणमा १७ सैनिक मारिएका र अन्य १३ सैनिकलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएको स्थानीय युद्ध अनुगमन समूहले जनाएको छ ।

तालिवान विद्रोहीले सेनाबाट खोसेर लगेको गाडीलाई प्रहरी कार्यालयमा विष्फोट गराउँदा कम्तीमा दुई प्रहरीको पनि मृत्यु भएको र आठ प्रहरी घाइते भएका बताइएको छ ।

सन् २००१ पहिले सत्ता चलाइसकेको तालिवान समूहले पछिल्लो केही महिनामा सरकारी सुरक्षाकर्मी र तालिवान समूहमा नलागेका सर्वसाधारणको हत्या गर्दै आएका छन् ।