जेलबाट १८ सयभन्दा बढी कैदी फरार

एजेन्सी । नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा भन्दा बढी कैदीहरू फरार भएका छन् ।

दक्षिण–पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादीले १८ सय ४५ जना कैदीलाई भगाएको बीबीसीले जनाएको छ ।

सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए ।

आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेको जनाइएको छ ।

हालसम्म भागेका ६ जना कैदिहरू फर्किएको र ३५ जनाले भने भाग्न अस्वीकार गरेको समाचारमा उल्लेख छ ।

प्रहरीले प्रतिबन्धित पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। तर उक्त समूले आफ्नो सङ्लग्नता अस्वीकार गरेको छ ।