मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताले नै तिर्ने

काठमाडौं । मंगलबारदेखि वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराएको शुल्क रोजगारदाता कम्पनीले तिर्नपर्ने भएको छ ।

नेपालस्थीत मलेसियाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरणका काम शुरु गरेको छ । १६ महिनादेखि रोकिएको भिसा प्रमाणीकरणको काम मंगलबारदेखि शुरु भएको थियो ।

दूतावासले मलेसिया पहिलो पटक जाने कामदारको स्वास्थ्य परिक्षण गरेको पैशा त्यहाँ पुगेर काम गरेपछि रोजगारदाताले शुरु महिनाको तलवसँगै थपेर दिने सूचना जारी गरेर जानकारी गराएको छ ।

दूतावासले विज्ञप्ति निकाल्दै मलेसिया जान चाहनेहरुको स्वास्थ्य परीक्षण शुल्क बारे स्पष्ट पारेको छ । नेपाल र मलेसियावीच २९ अक्टोवर, २०१८ मा भएको श्रम समझदारी अनुसार स्वास्थ्य परीक्षण वापतको शुल्क तिर्नुपर्ने दायित्व रोजगारदाताको भएको दूतवासको सूचनामा भनिएको छ ।

दूतावासले यसअघिको शुल्कमा भएको वृद्धिका बारेमा पनि उल्लेख गर्दै सो तत्काल लागु हुने जनाएको छ ।