नेप्से उच्च अंकले बृद्धि

काठमाडौ, । साताको दोस्रो कारोवार दिन नेप्से उच्च अंकले बढेको छ ।

नेप्से उच्च अंकले बढ्दा कारोवार रकमले भने आज रेर्कड नै तोडेको छ । नेप्से आज २२ दसमलव ३१ अंकले बढेर १४ सय ८४ दसमलव ९९ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव पाँच अंकले बढेर दुुई सय ९८ दसमलव ३५ अंकमा पुगेको छ ।

एक सय ८९ कम्पनीहरुको ४० हजार दुुई सय तीन वटा कारोवारमा ७७ लाख ६३ हजार ५६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ४६ करोड २५ लाख ६६ हजार एक सय २५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक घटेर बाँकी समुहको सचुक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ९५ अंकले बढेर १२ सय १७ दसमलव ९७ अंकमा पुुग्दा निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ३३ दसमलव सात अंकले बढेर सात हजार पाँच सय २८ दसमलव ८३ अंकमा पुुगेको छ ।

बिकास बैंक, लघुुबित्त, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो शिखर इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा अरुण कावेली पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा नेपाल पुर्नबीमा कम्पनी पहिलो स्थानमा परेको छ ।