बलात्कार आरोपमा कैलालीका एकजना पक्राउ

 

कैलाली । कैलालीमा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपलिका ७ बस्ने २८ वर्षीय श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असार २४ गते चौधरीले ती महिलालाई बलात्कार गरेर फरार भएको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो