जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

कञ्चनपुर । सामूहिक जबरजस्ती करणीको आरोपमा कञ्चनपुरको बेदकोट नगरपालिका–३ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा २३ वर्षका केशव ठकुराठी र ३७ वर्षका मिनराज भट्ट रहेका छन् ।

स्थानीय महिलालाई सामूहिकरुपमा करणी गरी दुवै जना गत चैत १० गतेदेखि फरार रहँदै आएका उनीहरूलाई आज पक्राउ गरिएको हो ।

पीडित महिलाले प्रहरीलाई उजुरी दिएलगत्तै फरार भएका उनीहरू घर आएका बेला पक्राउ परेका हुन् ।