उप–प्राध्यापकमाथि कुटपिट गर्ने पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उप–प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा गोल बजार नगरपालिका ६ का २३ वर्षीय रुपेश साह र २४ वर्षीय रविनकुमार लामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहलाई कोटेश्‍वरबाट र लामालाई सिरहाको गोलबजारबाट पक्राउ गरिएको हो ।

गत असोज २० गते त्रिवि परिसरमा समाजशास्त्र केन्द्रीय विभागमा कार्यरत उप–प्राध्यापक चलाउनेमाथि कुटपिट भएको थियो ।