२४ घण्टामा १४७३ ले ‘जिते’ कोरोना

हालसम्म निको हुनेको संख्या ७७ हजार २२७

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७७ हजार २२७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ रहेको थियो ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६३६ पुगेको थियो ।

पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।