संरक्षक अगुवाईको रिहाइको माग गर्दै मंगलबजारमा मौन प्रदर्शन

काठमाडौं । मछिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार पक्राउ परेका अगुवा अशोक महर्जनको रिहाईको माग गर्दै स्थानीयले मौन प्रदर्शन गरेका छन् ।

स्थानीयले आज (सोमवार)मंगलबजार र पाटनमा मौन प्रदर्शन गर्दै हिरासतमा रहेका महर्जनको रिहाईको माग गरेका हुन् । बिहीवार निषेधाज्ञाका बीच ललितपुरको पुल्चोकमा जबरजस्ती रथ तान्न जम्मा भएका युवा र प्रहरीबीच झडप परेको थियो । झडपपछि प्रहरीले २० जनालाई पक्राउ गरेको थियो ।

प्रदर्शनकारीले ट्राफिक प्रहरीलाईसमेत कुटपिट गरेपछि प्रहरीले प्रदर्शनमा उत्रेकालाई नियन्त्रणमा लिएको थियो ।

तीमध्ये तीन जनालाई प्रहरीले आइतबार रिहा गरेको थियो । बाँकी १७ जनालाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको अनुसन्धान अगाडि बढाएको छ ।