एकैदिन १२०१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा ४१६ महिला र ७८५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।  मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ४३१ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना छन् ।

यस्तै मकवानपुरका १०७ जना, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८-१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०र१० जना र पाल्पाका ९ जनामा संक्रमण देखिएको छ ।

महोत्तरी र रोल्पाका ८-८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७÷७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४-४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३-३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २-२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १-१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।