प्रधानमन्त्री ओलीले गरे चिडियाखानाको भ्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका छन् ।

उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्दै हिँडेका छन् ।

त्यस्तै चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रली प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यले चढेका छन् ।