अमेरिकामा १ लाख ९९ हजार जनाको कोरोना संक्रमणले मृत्यु

 

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ ।  तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको हो ।

यस्तै मंगलबार थप ३८ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६७ लाख ४९ हजार २८९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४० लाख २७ हजार ८२६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ‍२२ हजार ४६३ जनामध्ये १४ हजार १०४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।