कांग्रेस महामन्त्री शशांक कोइराला ज्वरो बढेपछि अस्पताल भर्ना

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालालाई ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको हो ।

उनलाई चावहिलस्थित ओम अस्पताल लगिएको छ ।

अहिले ज्वरो हटेको र आइसीयुमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।