बाबुबाट १३ वर्षीया बालिका बलात्कृत

दाङ । दाङमा १३ बर्षीय बालिका बलात्कृत भएकी छन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ती बालिका आफनै झड्केलो बाबुबाट बतात्कृत भएकी हुन् ।

पीडित पक्षले बुधबार घोराहीमा पत्रकार सम्मेलन गरेर घट्ना बारेमा जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत दुई वर्षदेखि बालिकालाई यौन शोषण गर्दै आएका थिए । डर धम्कीका कारण घट्ना बाहिर भन्‍न नसकेका उनीहरुले पटक–पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा रिपोर्ट गरेको उनीहरुले बताएका हुन ।

ूबालिका दुई वर्षदेखि पटक पटक यौन शोषणमा पर्दै आएकी रहिछन् । तर डरका कारण हामीलाई भन्‍ने नसकेको रहेछ, पीडित बालिकाका आफन्तले भने । यौन शोषणका कारण बालिकामा शारीरिक तथा मानसिक समस्यासमेत देखा परेको छ ।

पीडित पक्षको उजुरीपछि ६२ वर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित यसअघि जेठी श्रीमतिको हत्या गरी कैद भुक्तानी गरेर निस्किएका व्यक्ति हुन् ।