गलत गतिविधि रोक्‍न भारतलाई चीनको आग्रह

एजेन्सी । चीनले भारतसँग तत्काल आफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग तत्काल अफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको हुन् । उनले हालै दुई देशबीच वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा भएको संघर्षका लागि भारत जिम्मेवार रहेको पनि दाबी गरेका छन् ।

चीनको सरकारी अखवार ‘ग्लोबल टाइम्स’ का अनुसार विदेश मन्त्रालयको दैनिक ब्रिफिङमा प्रवक्ता वाङले भारतले द्विपक्षीय सहमति उल्लंघन गरेको, भारतीय सेना अवैध रुपमा सीमा पार गरेर चिनियाँ भूमिमा प्रवेश गरेको र चिनियाँ सैनिकलाई धम्काउन गोली चलाएको बताएका छन् ।

चीनको पछिल्लो प्रतिक्रयाभन्दा एक दिन अघि मंगलबार भारतका रक्षामन्त्री राजनाथ सिंहले गत अप्रिल महिनादेखि अहिलेसम्मको घटना क्रमका बारेमा संसदलाई जानकारी दिँदै चीनमाथि पछिल्लो सम्झौत उल्लंघनका आरोप लगाएका थिए ।