बलात्कारको अभियोगमा एकजना पक्राउ

दाङ । सल्यानमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।

शारदा नगरपालिकाका ३६ वर्षीय बाबुले मकैबारीमा लगेर आफ्नै ८ वर्षीया छोरीलाई बलात्कार गरेको भन्‍ने जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । पीडितको जाहेरीमा साउन २२ गते दिउँसो २ बजेतिर आफ्नै मकैबारीमा छोरीलाई बलात्कार गरेको उल्लेख रहेको प्रहरीले जनाएको छ ।

मकैबारीमा बाबुले छोरीलाई बलात्कार गर्न लागेको बालिकाकी आमाले पनि देखेपछि रहस्य सार्वजनिक भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । छोरी घरमा एक्लै भएको मौका छोपी बाबुले नै छोरीमाथि पटक(पटक बलात्कार गर्दै आएको भन्‍ने कुरा जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । आरोप लागेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।