दक्षिण कोरियामा आज ६ महिना यता कै कोरोना भाइरसको संक्रमण उच्च

सोल– दक्षिण कोरियामा ६ महिना यता कै उच्च संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा आज मात्रै ४ सय ४१ नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या उच्च भएको हो ।

सरकारले सामाजिक दूरी कायम गर्ने गरेको अनुरोधलाई वेवास्ता गर्दै चर्चमा गतिविधि बढाएको कारण संक्रमण फैलिएको स्थानीय समचारहरुमा जनाईएको छ ।

आज ४ सय ४१ जना नयाँ कोरोना संक्रमित फेला परेसँगै दक्षिण कोरियामा कोरोनाको संक्रमितको संख्या १८ हजार ७ सय ६ पुगेको छ । संक्रमित संख्या बढेसँगै सरकारले राजधानी सोल क्षेत्रमा सार्वजनिक यातायात सेवा बन्द गरिएको छ । सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोस्रो तहको सुरक्षाको व्यवस्था लागु गरेको छ।

आज सम्म दक्षिण कोरियामा कोरोना कै कारण ज्यान गुमाउनेको संख्या ३ सय १३ जना छन् भने १४ हजार ४ सय ६१जना कोरोना भाईरसबाट मुक्त भइसकेका छन् ।

हाल सम्म दक्षिण कोरियामा करिब १८ लाख भन्दा माथि पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरेको छ।