चितवनमा बजार खुला, यातायातमा जोरविजोर

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय, यातायातमा जोरविजोर  लागू - Nepal's Digital News Paper

चितवन । चितवनमा जिल्ला प्रशासन कार्यालयले पसल र जोर विजोर प्रणालीमा यातायात सञ्चालन खुला हुने गरी निषेधाज्ञा खुकुलो बनाएको छ ।

कार्यालयले बुधबार सूचना जारी गरी निजी र सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ । यस्तै तरकारी, फलफूल र खाद्यान्न पसल विहान ६ बजेदेखि बेलुका छ बजेसम्म र अन्य पसल विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुला गरेको छ ।

तर सिनेमा हल, स्वीमिङ पुल, जिमखाना, स्पा, फुटसल, पुस्तकालय, संग्रहालय, ब्युटीपार्लर, सैलुन र हाटबजार सञ्चालन गर्न भने पाइने छैन । ठेला, रिक्सालगायत घुम्ती पसल, पानीपुरी, चटपटेलगायतका फास्टफुडको व्यापार पनि गर्न पाइने छैन । पर्यटन विभागबाट स्वीकृति लिएका पर्यटकस्तरीय होटलहरुले पर्यटन बोर्डले तोकेको मापदण्ड पालना गरेर विदेशी र स्वदेशी पर्यटक राख्न सक्छन् ।

 अरु होटलहरुको हकमा आइसोलेसन र क्वारेन्टिन प्रयोजनबाहेकका अन्य होटल सञ्चालन हुन पाउने छैन । टेक अवे सेवा भने राजमार्ग क्षेत्रका रेस्टुरेन्टमा राति १० बजेसम्म र अन्य क्षेत्रका रेस्टुरेन्टमा बेलुकी ८ बजेसम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयको आदेशमा उल्लेख छ ।