विश्वभर २४ घण्टामा कोरोनाले ५ हजार ९१८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ९१८ कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

२१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ७३ हजार ६५३ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड १७ लाख ९८ हजार ३०८ पुगेको छ ।