कर्णालीमा एकैदिन थपिए ३३ कोरोना संक्रमित

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका नयाँ संक्रमितमध्ये २० जना सुर्खेतका छन् । त्यस्तै जाजरकोटका तीनजना, दैलेख, रुकुम पश्चिम र जुम्लाका दुईरदुईजना, कालिकोटका एकजना र अन्य प्रदेशका तीनजना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३४४२ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा थप १५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २८४२ पुगेको छ । प्रदेशभर हालसम्मा ४९३ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।