आशय करणीको मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार चार जना पक्राउ

सप्तरी । आशय करणीको मुद्दामा कैद र जरिवाना तोकिएपछि फरार रहेका चार जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

चार वर्षअघि जिल्ला अदालतले आशय करणी मुद्दामा गरेको फैसला अनुसार ५ सय रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा डाक्नेश्वरी ४ का ७० वर्षीय बिन्देश्वर शर्मा, ६० वर्षीय खुशीलाल मण्डल, ३२ वर्षीय पवन पण्डित र रुपनी गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षीय चन्दन लाल यादव छन् ।

आशय करणी मुद्दामा यी चारै जनालाई जिल्ला अदालतले २०७४ साल असार २१ गते १० दिन कैद र ५ सय रुपैयाँ जरिवाना तोक्ने आदेश दिएको अदालतका श्रेश्तेदार कुमार मास्केले जानकारी दिए । कैद तथा जरिवानाको फैसला सुनाइएपछि फरार भएका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने क्रममा जबरजस्ती करणी मुद्दाकै प्रतिवादी अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ जण्डौल निवासी महम्द इसराइल खलिफा मियाँलाई पनि आइतबार पक्राउ गरेको छ । मियाँलाई पक्राउ गरी अदालतमा पेश गर्दा अदालतले तोकेको कैद उनले भुक्तान गरेको पाइयो । कैद भुक्तान गरेको पाइएपछि उनलाई छाडिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिए ।