युवतीलाई झारफुक गर्न बोलाएर बलात्कार गर्ने पक्राउ

डोटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक बिहीबार पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् ।

आफ्नै गाउँकी बिरामी युवतीलाई झारफुक गर्ने भनी बोलाए बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।