सीआइबीद्वारा २० अवैध डाक्टर पक्राउ

काठमाडौं (पास)– काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ।

नेपाल मेडिकल काउन्सिलको सहकार्यमा अवैध डाक्टर पक्राउ गरेको सीआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिएका छन् । सीआइबीको अप्रेशन जारी राखेकाले थप विवरण आउन बाँकी छ।

नेपालमा विदेशी डाक्टरले काम गर्न काउन्सिलको अनुमति लिनुपर्ने हुन्छ। त्यसका लागि पनि यहाँ नभएको विशेषज्ञलाई काउन्सिलले अनुमति दिने गर्छ । त्यसरी अनुमति लिएकाहरुले दुर्गम ठाउँमा पनि गएर काम गर्नुपर्ने हुन्छ ।