१ लाख ५८ हजार रुपैयाँसहित दाङमा ९ जुवाडे पक्राउ

दाङ । दाङमा जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१० चारबगिया कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय शेर बहादुर बुढा समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ५८ हजार ३ सय रुपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो ।