कपिलवस्तुबाट पाँच किलो चाँदीसहित ३ जना पक्राउ

कपिलवस्तु । कृष्णनगर नगरपालिका–४ घरवार नाकाबाट अवैध रुपमा ल्याएको करिब ५ किलो चाँदीको पायल सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा शिवराज नगरपालिका ५ बस्नेहरु २० वर्षीय आकास वर्मा, २२ वर्षीय आनन्द वर्मा र ३२ वर्षीय होम बहादुर घर्ती रहेका छन् ।प्रहरी चौकी सिर्सिहवा र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बा ८ च २९५२ नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार उनीहरुलाई उक्त चाँदीको पायल सहित फेला पारी पक्राउ गरेको हो ।