देशभर १ हजार ५१३ संक्रमित थपिए, कहाँ कति ?

काठमाडौँ । देशभर आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ५१३ संक्रमित थपिएको जानकारी दिएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।  देशभर अहिले २० हजार ३९६ जना आइसोलेसनमा छन् । ५ हजार ७७८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।