सरकार र डा.केसीबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । डा. गोविन्द के.सी. को १९ औं आमरण अनसनमा उठाएका माघमा सरकार र डा.केसीबीच सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

डा.केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएको थियो ।

संघले सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न विशेषज्ञ समाज, सञ्चारकर्मी, तथा आम सर्वसाधारण नागरिकलगायत विभिन्न संघ संस्थाहरुले जाहेर गरेको ऐक्यबद्धता र समथर्नप्रति संघले आज एक विज्ञप्ति जारी गर्दै आभार प्रकट गरेको छ ।