कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ६४ हजार

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ६४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ६४ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५७५ संक्रमितको मृत्यु भएको छ ।

सोही अवधीमा ३ लाख ८३ हजार ३५९ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख ५४ हजार ३९५ पुगेको छ ।