विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७० हजार

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७० हजार ३५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४९७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ४७ हजार ५२६ संक्रमित थपिएका छन् ।