माओवादी केन्द्रको अधिकांस केन्द्रीय कमिटी सदस्यहरुलाई कोरोना संक्रमण, केन्द्रीय कार्यालय पनि बन्द

माओवादी केन्द्र . Corona Virus

काठमाडौं । नेकपा माओवादी केन्द्रका अधिकांस केन्द्रीय कामिटीका पदाधिकारीहरुलाई कोरोना भाइरसको संक्रमण भएपछि केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ भने केन्द्रीय कार्यालय पनि बन्द गरिएको छ ।

यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कोरोना संक्रमित भएसँगै केन्द्रीय कमिटी बैठक अनिश्चित भसँगै विभिन्न नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको सूचना सार्वजनिक गर्न थालेका छन् ।

आठौं महाधिवेशनमा सहभागी १ हजार ७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक सञ्जालमा सूचना राखेका छन् ।

माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

केन्द्रीय कार्यालयको क्यान्टिन र लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ । नेता कार्यकर्ता संक्रमित भएसँगै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।