देशभर ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये २१३९ जना काठमाडौंका छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । उनीहरुमध्ये ६६३ जनाको मृत्यु भएको छ भने ७८ हजार ७८० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १५०३ जना संक्रमणमुक्त भएका छन् ।