कोरोनालाई खेलाँची ठान्नु गलत हुन्छ तर धेरै डराउनु पनि हुँदैन : हरिवंश

हास्यकलाकार हरिवंश आचार्य परे दुर्घटनामा

काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य कोभिड–१९ पोजिटिभ देखिएपछि ११ दिनदेखि होम आइसोलेसनमा छन् । पत्नी रमिलामा पनि संक्रमण देखिएको छ ।

दुवैमा सामान्य लक्षणहरु देखिएपछि हरिवंश दम्पत्तीले गत १९ असोजमा पीसीआर परीक्षण गराएका थिए । दुवैजनाको पोजेटिभ रिपोर्ट आयो । त्यसपछि उनीहरु आफ्नै निवासमा ‘आइसोलेट’ भएर स्वास्थ्यलाभ गरिरहेका छन् । अहिले दुबैको स्वास्थ्य राम्रो रहेको हरिवंशले जानकारी दिए ।

‘पहिले देखिएका लक्षणहरु अहिले छैनन्, हामी दुवै सामान्य अवस्थामा छौं,’ उनले भने । आगामी आइतबार पुनः पीसीआर परीक्षण गराउने उनले बताए ।

संक्रमणमुक्त भइसकेपछि पनि पहिलेजस्तो निस्फिक्री भएर हिँड्ने मुडमा उनी छैनन् । नजिकै आएको दसैंमा आफू पनि अरुको घरमा नजाने र अरुलाई पनि आफ्नोमा नआउन आग्रह गर्ने हरिवंशको सोचाइ छ ।

उनले सबै नेपालीलाई यसपालिको दसैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न सुझाव दिएका छन् । उनले दसैंमा आफ्नो घरमा टीका लगाउन नआइदिन आग्रह समेत गरे