उपचारपछि खनाल डिस्चार्ज

काठमाडौं । उच्च रक्तचापपछि ह्‍याम्स अस्पताल भर्ना भएका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा सुधारसँगै आज डिस्चार्ज भएका छन् ।

अचानक रक्तचापको समस्या देखिएपछि खनाललाई बुधबार साँझ धुम्बाराहीस्थित ह्‍याम्स अस्पताल भर्ना गरिएको थियो ।

बिहीबारबाट उनको स्वास्थ्यमा सुधार आएसँगै आज डिस्चार्ज गरिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

“श्‍वासप्रश्‍वासमा पनि समस्या देखिपछि ह्‍याम्समा उपचारका लागि ल्याएका थियौं अहिले उहाँको स्वास्थ्य राम्रो छ, अस्पतालले डिस्चार्ज गर्‍यो,” भट्टराईले भने ।