गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण

कुल कोरोना संक्रमितको संख्या ५ हजार ६८५

कास्की । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुरका १९, तनहुँका १६ जना, कास्कीको पोखरा महानगरका ८, गोरखाका ३, स्याङजाका ५ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला, १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला , तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा ४ महिला, भानुकी १ महिला रहेका छन् ।

यस्तै स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १ पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला मा संक्रमण भएको छ ।

यस्तै नवलपुर गैंडाकोटका ९ पुरुष तथा ३ महिला, देबचुलीका १ पुरुष तथा २ महिला र कावासोतीका १(१ महिला पुरुषमामा आइतबार बिहान कोरोना पुष्टि भएको छ ।